स्वास्थ्य

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

By admin

April 19, 2022

झापा । सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

 

राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाईनेछ । यसैगरी करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

 

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।