झापा । झापाको अर्जुनधारा नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि दिएको उम्मेद्वारीमध्ये २० जनाले फिर्ता लिएका छन् । अर्जुनधारामा एक मेयर र उपमेयरसहित २० जना उम्मेद्वारले फिर्ता लिएका हुन् ।
फिर्ता लिनेमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेद्वार बढी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्यासी रमा खवास र उपमेयरका प्रत्यासी प्रेमसागर सापकोटासहित वडाध्यक्ष र सदस्यले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । हेर्नुहोस्, नामावली…
झापाका १३९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा जिल्लाका विभिन्न पालिकाका १३९ जना आकांक्षी उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार शुक्रबार उम्मेदवारी फिर्ताको समय रहेको थियो ।शुक्रबार साँझ ५ बजेसम्म त्यति उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेहरुमा अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु रहेका छन् ।
वागी उम्मेदवारी दिनेहरुले ठूलो संख्यामा उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । त्यसबाहेक सिंगल उम्मेदवारी दिने एकीकृत समाजवादीका धेरै उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । झापामा २ हजार ९ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्तापछि अब उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।