सूचना प्रविधि

विभिन्न ठाउँमा वर्षाः तापक्रम घटेपछि मौसम चिसियो

By admin

April 30, 2022

झापा । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हिजो रातिदेखि पर्न सुरु गरेको पानी अहिले पनि विभिन्न स्थानमा जारी छ । प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

 

सात वटै प्रदेशका पहाडी क्षेत्रमा अबको तीन दिनसम्म यस्तै मौसम रहने अनुमान छ । मेघगर्जन, चट्याङ्गगसहित छिटफुट पानी पर्नेछ । पानी परेका ठाउँमा तापक्रम पनि घटेको छ । हिजोदेखि नै देशका केही ठाउँमा पानी परेको थियो ।

 

हिजो रातिदेखि नै पानी पर्न सुरु भएपछि देशैभरको मौसम चिसिएको छ ।