राजनीति

‘चुनावी प्रतिबद्धता अर्जुनधाराको मुहार फेर्ने अभियान’

By admin

May 01, 2022

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले आफ्नो चुनावी प्रतिबद्धता राजनीतिमात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान भएको बताएका छन् ।

 

आज नेकपा एमाले अर्जुनधाराले ११ नम्बर वडामा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासी गोम्देनले आफूहरुको चुनावी प्रतिबद्धता राजनीति मात्रै नभई नगरपालिकाको मुहार फेर्ने अभियान भएको बताएका हुन् ।

 

उनले एमालेका उम्मेद्वारलाई विजय गराई समृद्ध र नमुना नगर बनाउने अभियानमा जोडिन ११ नम्बर वडाका मतदाताहरुलाई आग्रहसमेत गरे । गोम्देनले अर्जुनधाराको ११ नम्बर वडामा रहेको बसपार्कलाई नयाँ गुरुयोजनाका साथ विकास गरि झापाकै नमुना बसपार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

कार्यक्रममा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले बालबालिकाको अधिकार र सुरक्षाका विषयमा आफूले विशेष पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले युवाहरुको विकास र उत्थानका लागि आफू सदैव अग्रसर रहने पनि बतायन् ।

 

चुनावी अभियानका क्रममा भएको घरदैलोमा ११ नम्बर वडाको वडाअध्यक्ष पदका उम्मेदवार खगेन्द्र इङ्नाम, वडा सदस्य पदका उम्मेदवारहरु पूर्णबहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कँडेल दर्जीले पनि जनत समक्ष आफूहरुलाई मतदान गरि विजयी गराउन आग्रह गरे ।

 

कार्यक्रममा नेकपा एमालेका अर्जुनधारा नगर इन्चार्ज दिपेन्द्र लम्साल, एमाले प्रदेश कमिटी सदस्य तथा नगरपालिकाका मेयर हरिकुमार राना, प्रदेश १ का सांसद बृर्ख प्रधान लगायतका नेताहरुको उपस्थिति थियो ।