राजनीति

झापाकाे मेचीनगरमा मतगणना स्थगित

By admin

May 14, 2022

झापा । मेचीनगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना राति स्थगित भएको छ । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

 

नेकपा एमालेले मतगणना स्थलमा प्रतिनिधि बढी माग गरेपछि विवाद सिर्जना भएको हो । नेकपा माओवादी केन्द्रले एमालेको माग नमानेपछि विवाद भएको जनाइएको छ । माओवादी केन्द्रका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएका छन् । तर, एमालेले प्रतिनिधि व्यवस्थापनमा निर्वाचन आयोगले कमजोरी गरेको भन्दै असन्तुष्ट व्यक्त गरेको छ ।

 

मेचीनगर वडा नं १ को मतगणना भइरहँदा १५ नं वडाको मतगणना सुरु हुँदै गर्दा मेचीनगरमा मतगणना तत्कालका लागि स्थगित भएको छ । मतगणना सुचारु गर्न राजनीतिक दलहरुबीच सहमतिको प्रयास भइहेको निर्वाचन कार्यालय मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।