राजनीति

अर्जुनधारा २ मा गठबन्धनका उम्मेद्वारलाई अग्रता

By admin

May 15, 2022

अर्जुनधारा । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेका छन् । यसक्रममा अर्जुनधारा वडा नम्बर २ को मतगणना जारी छ । पछिल्लो जानकारी अनुसार यस वडामा गठबन्धनका उम्मेद्वारले अग्रता लिएको छ ।

 

पहिलो चरणको ३ सय मतपत्र गणना हुँदा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार नरेन्द्र श्रेष्ठ (सिद्धार्थ)ले १५८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद्वार तुलसी खतिवडाले १०० मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेद्वारले ७ मत प्राप्त गरेका छन् । यस वडामा ३ हजार ८१ मत झरेको थियो ।

 

तर, मेयर र उपमेयर पदमा भने एमालेका उम्मेद्वारले २ नम्बर वडामा पनि अग्रता लिएका छन् । जसमा एमालेका उम्मेद्वार बलदेव गोम्देनले हालसम्म १ हजार ९०९ मत पाउँदा गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले १ हजार ४७९ मत पाएकी छन् ।

 

उपमेयर पदकी एमालेकी उम्मेद्वार खड्गमाया पराजुलीले १ हजार ८०२ मत पाउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले ९९७ मतमात्र पाएका छन् ।

 

यसअघि १ नम्बर वडाको अध्यक्षमा गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत निर्वाचित भइसकेका छन् । यस वडाका अन्य चार सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बने ।