राजनीति

अर्जुनधाराको ४ र ५ मा गठबन्धन, ३ मा एमालेलाई अग्रता

By admin

May 16, 2022

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको १ र २ नम्बर वडाको अध्यक्ष पदमा विजय हासिल गरिसकेको गठबन्धनले ४ र ५ नम्बर वडामा पनि अग्रता बनाएको छ । ३ नम्बर वडामा भने नेकपा एमालेका उम्मेद्वार अगाडि छन् । १ र २ नम्बर वडाको परिषद् सदस्यमा भने एमालेका उम्मेद्वार विजय भएका थिए ।

 

पछिल्लो मत परिणामअनुसार वडा नम्बर ३ मा एमालेका उम्मेद्वार हरि वाग्लेले १५९ मत ल्याएका छन् । पहिलो चरणको ३ सय मत गणना हुँदा गठबन्धनका उम्मेद्वार सिताराम भट्टराईले ११९ मत पाएका छन् । यहाँ राप्रपाका उम्मेद्वारले ५ मत ल्याए ।

 

४ नम्बर वडामा गठबन्धनका उम्मेद्वार अमर कटुवाल अगाडि छन् । उनले सुरुवाती ३ सय मत गणना हुँदा १२६ मत पाएका छन् भने एमालेका उम्मेद्वार एकदेव खनालले ८४ मत ल्याएका छन् । यस्तै, राप्रपाका उम्मेद्वारले १९ मत पाएका छन् ।

 

यस्तै, ५ नम्बर वडामा गठबन्धनकै उम्मेद्वार अगाडि छन् । २९५ मत गणना हुँदा गठबन्धनका उम्मेद्वार हरि खड्काले १४८ मत ल्याउँदा एमालेका उम्मेद्वार डम्बर घिमिरेले ६७ मत पाएका छन् । राप्रपाका उम्मेद्वारले १३ मत प्राप्त गरेका छन् ।

 

अहिलेसम्म नगरपालिकाको मेयर र उपमेयर पदमा भने एमालेका उम्मेद्वारले अग्रता जोगाइराखेका छन् । जसअनुसार मेयर पदका बलदेव सिंह गोम्देनले हालसम्म ३ हजार ६८५ मत ल्याउँदा गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले २ हजार ९२५ मत ल्याएकी छन् । ५ नम्बर वडा मेयरका प्रत्यासी कार्कीको गृह वडा हो । यहाँ धेरै मत आउने अपेक्षा गरिएको छ ।

 

यस्तै, उपमेयर पदकी एमाले उम्मेद्वार खड्गमाया पराजुलीले ३ हजार ५६५ मत ल्याएकी छन् भने गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले १ हजार ९५६ मत पाएका छन् । अहिले ३, ४ र ५ नम्बर वडाको मतगणना जारी छ ।