राजनीति

अर्जुनधारामा गढबन्धन अघि-अघि, एमाले पछ्याउँदै

By admin

May 17, 2022

झापा । अर्जुनधारा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र परिषद् सदस्य पदको मतगणना जारी रहँदा गठबन्धनका उम्मेद्वार अघि रहेका छन् । एमालेका उम्मेद्वारले पछ्याइरहँदा पनि वडाध्यक्षमा एउटा पनि जीत हासिल गर्न सकेको छैनन् ।

 

अहिले ३, ४ र ५ नम्बर वडाको मतगणना भइरहेको छ । पछिल्लो परिणामअनुसार ४ र ५ नम्बर वडामा गठबन्धनका उम्मेद्वारले अग्रता कायमै राखेका छन् भने ३ नम्बर वडामा एमालेका उम्मेद्वार अघि छन् ।

 

३ नम्बर वडाको अध्यक्ष पदका लागि एमालेका उम्मेद्वार हरि वाग्लेले सुरुवाती अग्रतालाई जोगाउँदै ५४६ मत ल्याएका छन् । त्यहाँ गठबन्धनका उम्मेद्वार सीताराम भट्टराईले ४५८ मत ल्याएर पछ्याइरहेका छन् ।

 

वडा नम्बर ४ मा भने गठबन्धनका उम्मेद्वारले एमालेका उम्मेद्वारलाई पछि पारेका छन् । जसमा गठबन्धनका उम्मेद्वार अम्बर कटुवालले ५०९ मत ल्याएका छन् भने एमालेका उम्मेद्वार एकदेव खनालको ३८६ मतमात्र रहेको छ ।

 

यस्तै, वडा नम्बर ५ मा पनि गठबन्धनका उम्मेद्वारले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । जसमा गठबन्धनका उम्मेद्वार हरि खड्काले ५६२ मत ल्याउँदा एमालेका उम्मेद्वार डम्बर घिमिरेले ४२९ मत पाएका छन् ।

 

वडामा गठबन्धनका उम्मेद्वारले अग्रता कायम गरे पनि नगरको प्रमुख र उपप्रमुख पदमा भने एमालेका उम्मेद्वार अगाडि छन् । तर, ४ र ५ नम्बर वडामा भने गठबन्धनका उम्मेद्वारले केही मतान्तर घटाउन सफल भएका छन् ।

 

पछिल्लो परिणामअनुसार एमालेका मेयर पदका उम्मेद्वार बलदेव सिंह गोम्देनले ४ हजार ८२६ मत पाएर अग्रस्थानमा छन् । गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले ३ हजार ९४४ मत ल्याउँदै पछ्याइरहेकी छन् ।

 

यस्तै, उपमेयरर पदमा पनि एमालेकी उम्मेद्वार खड्गमाया पराजुलीले गठबन्धनका उम्मेद्वारलाई झण्डै दोब्बर मतले पछि पारेका छन् । पराजुलीले ४ हजार ६८३ मत ल्याउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले २ हजार ६११ मत पाएका छन् ।