राजनीति

अर्जुनधारा ३ मा गठबन्धनका सीताराम भट्टराई विजयी

By admin

May 18, 2022

अर्जुनधारा । अर्जुनधारा ३ नम्बर वडाको अध्यक्षमा पनि गठबन्धनका उम्मेद्वार सीताराम भट्टराई विजयी भएका छन् । यो जीतसँगै १, २, ३ र ४ नम्बर वडामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

 

मत गणानाको परिणाम अनुसार गबन्धन तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका सीताराम भट्टराईले ३०१ मतान्तरबाट विजयी बनेका छन् । सर्वाधिक १ हजार ७८५ मत ल्याएर भट्टराई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार हरि वाग्ले १ हजार ४८४ मतमात्र पाए । वडाध्यक्षको तेस्रो स्थानमा राप्रपाका उम्मेद्वारले ११३ मत पाए ।

 

यो वडामा ठबन्धनका उम्मेद्वारले वडाध्यक्षमा जीत सुनिश्चित गरे । अन्य चार परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजेता बनेका छन् । परिणामअनुसार महिला सदस्यमा सुमनकुमारी राईले सर्वाधिक १ हजार ५७७ मत ल्याएर विजेता बनिन् ।

 

उनीसँगै दलित महिला सदस्यमा सीतादेवी सार्कीले १ हजार ५३९ मत ल्याइन् भने खुला सदस्यमा चन्द्रमाया तामाङले १ हजार ५६९ र नारायणप्रसाद चापागाईंले १ हजार ३८९ मत ल्याइ परिषद् सदस्यमा निर्वाचित भएका छन् । यस वडामा ३ हजार ७ सय मत खसेको थियो ।

 

नगर प्रमुख पदमा भने एमालेका उम्मेद्वार नै अगाडि छन् । एमालेका उम्मेद्वार बलदेवसिंह गोम्देनले ७ हजार ६०१ मत ल्याएका छन् । गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले ६ हजार ७१९ मत ल्याएकी छन् । उपमेयर पदमा एमालेकी खड्गमाया पराजुलीले ७ हजार ४८३ मत पाउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले ४ हजार २३८ मत पाएका छन् ।