राजनीति

फिदिममा कांग्रेसका काफ्ले र माओवादी केन्द्रका न्यौपाने निर्वाचित

By admin

May 18, 2022

पाँचथर । फिदिम नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित भएका छन् ।

 

काफ्लेले नेकपा एमालेका उम्मेद्वार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराँउदै फिदिमको मेयर बनेका हुन् । काफ्लेले ९ हजार ६२८ मत पाँउदा लावतीलाई ९ हजार २७ मत प्राप्त भएको छ ।

 

उपमेयर पदमा नेकपा माओवादी केन्द्रका न्यौपानेले राप्रपाका जगत थापा मगरलाई ३ हजार १९५ मतको फराकिलो मत अन्तरले पराजित गरे । उनले ८ हजार ७७३ मत पाउँदा थापाले ५ हजार ५७८ मत पाएका छन् ।

 

१४ वटा वडा रहेको फिदिममा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ९ वटा वडासहित मेयर र उपमेयर जितेको थियो ।

 

यसपटक यहाँ सत्ता गठबन्धन दल एक ठाउँमा उभिएका थिए भने एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग तालमेल गरेको थियो ।