झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनको तर्फबाट राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । उनले १७ हजार ५ सय २७ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरी पराजित भइन् । अधिकारी यसअघि दमक नगरपालिकाकी उपप्रमुख थिइन् ।
यसैगरी उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मतका साथ विजयी भइन् । उनले एमालेका अम्बिका खनाललाई पराजित गरिन् । खनालले १६ हजार ६७४ मत प्राप्त गरी पराजित भए ।
दमकमा रहेका १० वटा वडामध्ये सातवटा वडामा एमाले विजयी भएको छ । १, २, ३, ५, ६, ८, र ९ वडामा एमाले विजयी भएको छ । गठबन्धनका उम्मेदवारले ४, ७ र १० नम्बर वडामा जितेका छन् । वडा नम्बर ४ र १० मा कांग्रेस विजयी भएको छ भने वडा नं ७ मा राप्रपाले जित हासिल गरेको छ ।