राजनीति

अर्जुनधारा १० र ११ मा एमाले, ९ मा कांग्रेस अगाडि

By admin

May 20, 2022

झापा । अर्जुनधारा नगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । जसमा १० र ११ नम्बर वडामा नेकपा एमालेका उम्मेद्वारले अग्रता बनाएका छन् भने ९ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेद्वार अघि छन् ।

 

पछिल्लो प्राप्त मत परिणामअनुसार ९ नम्बर वडाको अध्यक्ष पदका प्रत्यासी भिष्म मिश्रले ४ सय मत गणना हुँदा २२० मत प्राप्त गर्दै अग्रता बनाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका नरेन्द्र राईले १११ मत पाएर पछ्याइरहेका छन् ।

 

यस्तै, वडा नम्बर १० मा २०० मत गणना हुँदा एमालेका उम्मेद्वार भुपेन्द्र न्याैपानेले ८८ मत ल्याएर अघि छन् भने स्वतन्त्र उम्मेद्वार गान्धारी मिश्रले ४३ मत ल्याउँदै दोस्रो स्थानमा छन् । यहाँ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारद दुःखीले ३६ मत पाएका छन् ।

 

यसैगरी, ११ नम्बर वडामा एमालेका उम्मेद्वार खगेन्द्र इङनामले २४६ मत पाएर अग्रस्थानमा छन् । १२ मतको अन्तरमा रहेको नेपाली कांग्रेसका उम्मेद्वार जगत रानामगरले २३४ मत ल्याएका छन् । यो परिणाम मत ६०० गणना हुँदाको परिणाम हो ।