राजनीति

सूर्योदयको मेयरमा समाजवादी र उपमेयरमा कांग्रेस विजयी

By admin

May 21, 2022

फिक्कल । इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

 

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राई १२ हजार ४ सय ३१ मत ल्याई विजयी भएका छन् ।

 

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।

 

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।