राजनीति

अर्जुनधारा १० मा एमालेको प्यानलै विजयी (मतसहित)

By admin

May 21, 2022

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार १० नम्बर वडामा नेकपा एमालेका उम्मेद्वारहरु प्यानलैसहित विजयी भएका छन् ।

 

१० नम्बर वडा एमालेका तर्फबाट मेयर पदका प्रत्याशी बलदेवसिंह गोम्देनको वडा हो । त्यस वडाबाट यसपटक भुपेन्द्र न्यौपानेल अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । न्यौपानेसहित चार परिषद् सदस्यमा पनि एमालेका उम्मेद्वार नै विजयी भएका हुन् ।

 

मत परिणामअनुसार न्यौपानले १०९५ मत पाएर विजयी भए । उनले निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारद दुःखीलाई ३९७ मतले पराजित गरे । दुःखीले ६९८ मात्र मत पाए । यस्तै, तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार गान्धारी मिश्रले ५३१ मत पाइन् ।

 

महिला सदस्यमा तुलसा महतरा १३६५ मत ल्याएर विजयी भइन् भने दलित महिला सदस्यमा सीता परियारले १३३० मत, खुला सदस्यमा डम्बर धौराली १२१६ मत र रुपेश लिम्बूले १३१४ मत ल्याएर विजयी भएका छन् ।

 

यसअघि ७ नम्बर वडामा पनि एमालेका उम्मेद्वार प्यानलैसहित विजयी भएका छन् भने ८ नम्बर वडामा वडाध्यक्षसहित तीन जना परिषद् सदस्य निर्वाचित भइसकेका छन् ।

 

यस्तै, १ देखि ६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले ९ र ११ नम्बर वडाको मतगणना जारी रहेको छ ।