अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा स्थानीय तह निर्वाचनको परिणामअनुसार ११ नम्बर वडामा नेकपा एमालेका उम्मेद्वारहरु प्यानलैसहित विजयी भएका छन् ।
११ नम्बर वडा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार खगेन्द्र इङनामसहित चार परिषद् सदस्यमा पनि एमालेका उम्मेद्वार नै विजयी भएका हुन् । मत परिणामअनुसार इङनामले १ हजार ७९६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार जगत राना मगरले १ हजार ५४५ मत ल्याए ।
यस्तै, अन्य परिषद् सदस्यमा एमालेका उम्मेद्वार विजयी भए । जसअनुसार महिला सदस्यमा सुशिला गिरी १ हजार ९६४ मत ल्याएर विजयी हुँदा दलित महिला सदस्यमा सीता कँडेल दर्जीले १ हजार ९३८ मत ल्याएर विजयी बनिन् ।
खुला सदस्यमा केशव अधिकारीले १ हजार ७४९ मत र पूर्णबहादुर राईले १ हजार ७३४ मत ल्याएर विजयी भए । नगरपालिकाको मेयर र उपमेयरमा क्रमशः नेकपा एमालेका उम्मेद्वार बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी बनेका छन् ।