अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा स्थानीय तह निर्वाचनको परिणामअनुसार ९ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार भिष्म मिश्र विजयी भएका छन् । उनीसँगै एक जना खुला सदस्य पनि विजयी भए भने अन्य परिषद् सदस्यहरु नेकपा एमालेका उम्मेद्वार छन् ।
प्राप्त मत परिणामअनुसार वडाध्यक्ष पदका विजेता मिश्रले १ हजार ८२६ मत ल्याउँदै विपक्षी एमालेका उम्मेद्वारलाई पराजित गरे । एमालेका उम्मेद्वार नरेन्द्र राईले मात्र १ हजार ३९६ मत ल्याउ । मिश्रले ४३० मतले राईलाई पराजित गरेका हुन् । मिश्रकाे जीतसँगै नेपाली कांग्रेसकाे तर्फबाट साताैँ वडाध्यक्षले जीत दर्ता गरे ।
परिषद् सदस्यमा कांग्रेसका खुला सदस्यका उम्मेदवार केशव थापाले मात्र १ हजार ४२१ मत ल्याएर विजयी बने । अन्य सदस्यमा एमालेका बुद्धिमान लिम्बूले सर्वाधिक १ हजार ४९५ मत ल्याएर विजयी बने । यस्तै, महिला सदस्यमा गौरीमाया चिमरियाले १ हजार ५७७ मत ल्याएर विजयी बन्दा दलित महिला सदस्य खड्गमाया पौडेलीले १ हजार ५९४ मत ल्याएर विजयी बनिन् ।
नगरपालिकाको मेयर र उपमेयरमा क्रमशः नेकपा एमालेका उम्मेद्वार बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी बनेका छन् ।