राजनीति

अर्जुनधाराका पूर्ण अपांगतालाई स्वास्थ्य बिमा, १ हजार आवास निर्माण गरिने

By admin

May 23, 2022

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेव गोम्देनले पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरे लगत्तै मेयर गोम्देनले पदभार ग्रहण गरेका हुन् ।

 

पदभार ग्रहण गर्दै पाँच वर्षमा एक हजार आवास बनाउने घोषणा गरेका छन् । गरिव, विपन्न नागरिकका लागि एक हजार आवास निर्माण गर्ने पहिलो निर्णय गरेका हुन् । यस्तै, रातो अपांगता कार्ड भएका (पूर्ण अपांगता भएका) व्यक्तिलाई निशुल्क स्वास्थ्य बिमा गरिने निर्णय भएको छ ।

 

यस्तै, अर्जुनधारा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालय अर्जुनधाराले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । निर्वाचित अन्य जनप्रतिनिधिहरुको सपथ ग्रहण बुधबार गराइने तयारी गरिएको छ ।

 

अर्जुनधारा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली निर्वाचित भएका थिए । नगरपालिकामा एमालेका ४ वडाध्यक्षसहित ४५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।