राजनीति

अर्जुनधाराकाे कार्यपालिका सदस्यमा एमालेका उम्मेद्वार निर्वाचित

By admin

May 31, 2022

अर्जुनधारा । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि आज भएको अर्जुनधारा कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेका सबै उम्मेद्वार निर्वाचित भएका छन् । यससँगै कार्यपालिकाले पूर्णता पाएकाे छ ।

 

निर्वाचित जनप्रतिनिधिबाट ५ महिला कार्यपालिका सदस्य र पार्टीले उममेद्वार तोकेका दलित, अल्पसंख्यकमध्ये ३ जना निर्वाचित हुने प्रावधानअनुसार ८ जना नै नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका हुन् । निर्वाचित उम्मेद्वारको मतपरिणाम भने फरक-फरक रहेको छ । निर्वाचित २ जना महिला जनप्रतिनिधिले कम मत पाएका छन् ।

 

यस नगरपालिकाको ५७ जनप्रतिनिधिमा एमालेको तर्फबाट ४५ जना र नेपाली कांग्रेसको तर्फबाट १२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचित जनप्रतिनिधिको महिलातर्फ गौरीमाया चिमरिया, चन्द्रकुमारी तामाङ, चन्द्रमाया तामाङ, मुना खत्री र विमला रोक्का निर्वाचित भएका छन् ।

 

प्राप्त मतअनुसार तामाङद्वय र खत्रीले समान ४५-४५ मत ल्याउँदा चिमरियाले ४३ र रोक्काले ४४ मत ल्याएका थिए । प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वार सरु बुढाथोकीले १३ मत ल्याएकी थिइन् ।

 

यसैगरी, दलित र अल्पसंख्यकतर्फ भएको निर्वाचनमा एमालेका उम्मेद्वारहरु कौशीलाल परियार, नरेन्द्रबहादुर राई र सन्तोष मेचे निर्वाचित भए । परियारले ४४ मत ल्याउँदा राईले ४६ र मेचेले सर्वाधिक ४९ मत ल्याएर विजयी बने ।

 

नेपाली कांग्रेसको तर्फबाट २ जना उम्मेद्वार थिए । जसमा ध्रुवकुमार खाती र राजेश विश्वकर्माले समान १२-१२ मत ल्याए । यस नगरपालिकामा मेयर, उपमेयर, ४ वडाध्यसहित ४५ जना एमालेका उम्मेद्वार विजयी भएका छन् भने ७ वडाध्यक्षसहित १२ जना कांग्रेसका उम्मेद्वार विजयी भएका थिए ।