झापा । अर्जुनधारा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराइएको हो । नगरप्रमुख बलदेव सिंह गोम्देनले सपथग्रहण गराएका हुन् ।
कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा महिलातर्फ गौरीमाया चिमरिया, चन्द्रकुमारी तामाङ, चन्द्रमाया तामाङ, मुना खत्री र विमला रोक्का रहेका छन् । यस्तै, दलित र अल्पसंख्यकतर्फ कौशीलाल परियार, नरेन्द्रबहादुर राई र सन्तोष मेचे छन् ।
सपथग्रहण कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई र नव निर्वाचित वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । सपथ ग्रहणपछि अहिले कार्यपालिकाको बैठक बसिरहेको छ ।