राजनीति

प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

By admin

June 08, 2022

मोरङ । प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ ।

 

दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पूर्वनिर्धारित कार्यसूची रहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

 

कृषि, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको उनले बताए ।