बिर्तामोड । झापाको अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै आरएण्डआर डाइग्नोष्टिक एन्ड पोलिक्लिनिक सेन्टरले एउटै छातामुनि विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको उक्त पोलिक्लिनिकले मानव शरीरमा हुने विभिन्न जटिल रोगको स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।
लामो समयदेखि चिकित्सक पेशामा रहेका डा रबिन्द्र लाल दास र उनकी श्रीमती डा सिमाकुमारी सिन्हा दासले उक्त डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । डाइग्नोष्टिक सेन्टरको उद्घाटन आज डा रविन्द्रका पिता ७८ वर्षीय उमेशचन्द्र लालदास, छोरीहरु रेबिका र रेचना दासले संयुक्त रुपमा गरेका थिए ।
त्यस क्षेत्रसहित ग्रामीण भेगका बिरामीलाई सम्पूर्ण सुबिधासहितको उपचार सेवा पु¥याउने हेतुले डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक डा रबिन्द्रले जानकारी दिए ।
आफ्नो अनुभव र स्थानीयको स्वास्थ्य सेवा सुबिधाका लागि क्लिनिक सञ्चालनमा ल्याइएको डा रबिन्द्रले बताएका छन् । उनले अनुभवी चिकित्सकहरुले ‘डे केयर क्लिनिक’ अन्र्तगत बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्ने जानकारी दिए ।
उक्त सेन्टरमा फिजिसियन, बालरोग, हार्डजोर्नी, गाइनो, नाक, कान, घाँटीसहितको अनुभवी चिकित्सकले दैनिक सेवा दिने छन् । साथै, सेन्टरमा भिडियो एक्सरे, इसीजी, भारतको सेरम कम्पनीको उच्च स्तरीय ल्यावलगायतका सेवाहरु समेत उपलब्ध हुने उनले जानकारी दिए ।
साथै, आगामी दिनमा सेन्टरले कार्डियोलोजी, इन्डो टेक्नोलोजी, न्यूरो, बाँझोपन जस्ता सेवा पनि सञ्चालनमा ल्याउने जनाएको छ । करिब २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सेन्टर सञ्चालकसमेत रहेका डा रबिन्द्रले उद्घाटनको अवसरमा ओपिडि सेवा निःशुल्क साथै ल्याब, भिडियो एक्सरे र इसीजीमा बिशेष छुटको ब्यवस्था भएको जानकारी दिए ।
सेन्टरमा डा पोषणरमण त्रिपाठी, डा रबिन्द्र लाल दास, डा धिरज गिरी, डा सिमाकुमारी सिन्हा दास, डा युविजय महतलगायतले सेन्टरमा दैनिक सेवा दिनेछन् ।
उद्धघाटन कार्यक्रममा जयन्ती लाइट हाउसका प्रोपाइटर तथा समाजसेवी विवेक अग्रवाल, दिपचन अग्रवाल, फार्मेसी सञ्चालक खेमराज बस्नेत, राम उप्रेती, ल्याव टेक्निसियन बिक्रम गुप्तालगायतले शुभकामना दिएका थिए ।