सूचना प्रविधि

मौसमः प्रदेश १ को केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

By admin

June 14, 2022

काठमाडौँ । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

 

प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ। गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

मंगलबार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुने तथा बाँकी भूभागहरूमा आंशिकदेखि मौसम सफा रहनेछ ।

 

प्रदेश नं १ का धेरै, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको तराइका भूभागहरूमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।