राजनीति

दुबईका राजकुमार झापामा

By admin

June 18, 2022

झापा । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्।

 

काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। उनलाई भद्रपुर विमानस्थलमा स्वागत गरिएको छ । राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलगायतले स्वागत गरेका थिए। उनले पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा राखिएको पेटको सिटी स्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ ।