सूचना प्रविधि

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

By admin

June 19, 2022

झापा । हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका पहाडी भूभागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

 

आज (आइतबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्य बदली हुनेछ ।

 

साथै, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।

 

आइतबार राति भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।