सूचना प्रविधि

देशभर मनसुनी वायुको प्रभाव, बाढी र पहिरोको जोखिम

By admin

June 27, 2022

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भूभागका धेरै स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

यस्तै, भारी वर्षाको सम्भावना रहेकोले स्थानीय नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

यता मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।