अन्तराष्ट्रिय

दुर्गा प्रसाईको पहलमा युएईका राजकुमारले १० अर्ब लगानी गर्ने

By admin

July 02, 2022

झापा । बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्चकबध र कचनकवलको होचो भूभाग र हल्दिबारीको भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् ।

 

केही समयअघि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किएलगतै युएई दूतावासको टोली आज झापा आइपुगेको छ ।

 

उक्त टोलीले झापा क्षेत्र नम्बर ३ को किच्चकबध, कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यतालिका नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।

 

५ वर्षभित्रमा १० अर्ब लगानी गर्ने गरी काम गर्ने गरी काम अगाडि बढेको प्रसाई‌ले बताए । जलथल जङ्गललाई खुल्ला चिडियाखानाको रूपमा विकास गरी पर्यटन हबको विकास गर्ने गरी काम गर्ने गरी गुरुयोजना तयार गर्ने काम सुरु भएको उनको भनाइ छ ।