राजनीति

स्वतन्त्र पार्टीका रवि लामिछाने झापामा

By admin

July 13, 2022

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने बुधबार झापा आएका छन् । पूर्वसञ्चारकर्मीसमेत रहेका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेलालाई सम्बोधन गर्न झापा आएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बिहीबार बिर्तामोडको अग्रसेन भवनमा हुँदैछ ।

 

लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । चुनाव चिन्ह गोलाकारभित्र घण्टीसहित दर्ता भएको पार्टी सदस्यता विस्तारका लागि झापा आएको बुझिएको छ ।

 

बुधबार दिउँसो झापा आइपुगेका लामिछानेले विभिन्न व्यक्तिहरुसँग भेटघाट पनि गरेका छन् । पार्टी स्रोतका अनुसार झापा संयोजक तोकेर बाँकी सदस्यहरु सार्वजनिक गर्ने कार्यक्रम छ ।

 

झापा आएलगत्तै सभापति लामिछाने नेपालको पूर्वी सिमानाका मेची पुलमा पुगेर समर्थकसँग पार्टीको चुनाव चिह्न घण्टीको प्रदर्शनसँगै बजाएर समर्थकसँग तस्वीर लिएका थिए ।