कला

झापामा सर्ट मुभी ‘क्राइम’ बन्दै

By admin

July 14, 2022

बिर्तामोड । बलत्कारजस्तो जघन्य अपराध बढिरहेको सन्दर्भमा बिएसबी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा सर्ट मुभी ‘क्राइम’ बन्ने भएको छ । पछिल्लो समय झापाका ग्रामीण क्षेत्रमा भइरहेको घटनामा रहेर सर्ट मुभी क्राइम’ बन्ने भएको हो । आज बिर्तामोडमा पत्रकार भेटघाट गरेर सर्ट मुभीबारे जानकारी दिइयो ।

 

साउन २ गतेबाट झापाको बिर्तामोड, अर्जुनधाालगायतका स्थानमा छायांकन हुने चलचित्रलाई रोहन राईले लेखन तथा निर्देशन गर्नेछन् । ६० मिनेटको चलचित्रको छायांकन दुई हप्तामा सकिने बताइएका छ । राजन थापा निर्माता रहेको चलचित्रमा तीर्थ सिग्देल (नेपाल), प्रनिस पौडेल (अमेरिका), सम्बल आचार्य (अमेरिका), विशाल बिमली (नेपाल), भुवन बाँस्कोटा (जापान) र प्रशंसा बाँस्तोला (जापान) सहनिर्माता छन् ।

 

मनोज राईको प्रस्तुति रहेको चलचित्रको सहनिर्देशन रतन सिंगु लिम्बू, द्वन्द्व निर्देशक विपिन प्रसाईं, शृंगारमा पदम तामाङ र क्यामेरामा सन्तोष राना मगर रहेका छन् ।

 

चलचित्रमा राजन थापा, राज शेर्मा, पूर्णिमा लिम्बू, सविना बस्नेत, बिजु राई, किरण जवेगू, राजु गौतम, अजित राना मगर, नवराज दंगाल, खेमराज दंगाल, सुवास अधिकारी, अनिल राई, सुनिल विश्वकर्मा, माणिक रेग्मी, सनम राई, बिमल महरा, कैलाश कट्टेल र कुमार रायको अभिनय रहने छ ।

 

यसअघि ‘मिसन बिर्तामोड’ सर्ट मुभी बनाएर लगानी उठाएको यो टिमले क्राइम बनाउन सात लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । डढ वर्षअघि मिसन बिर्तामोड बनाएको यस टिममा पुराना ७ जना कलाकार पुनः समेटिएको निर्माता राजन थापाले बताए । यस व्यानरमा प्रकाश चौधरी, न्युसन लामिछाने, श्रीप्रसाद सिटौला, रमेश चौधरी, खगेन्द्र बाराकोटी र अर्जुन मेचे सल्लाहकार रहेका छन् ।