समाज

झापामा अति भारी वर्षा, बाढीबाट बच्न महाशाखाको आग्रह

By admin

July 29, 2022

शनिश्चरे । झापाका विभिन्न स्थानमा गए रातिदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो ।

 

बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

आज देशभरको मौसम सामान्य बदली रहनेछ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

आज र भोलि ठूला नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।