राजनीति

अर्जुनधारा नगर प्रवक्तामा भूपेन्द्र नेउपाने

By admin

August 09, 2022

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले भूपेन्द्र नेउपानेलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ । उनी अर्जुनधारा वडा नम्बर १० का अध्यक्षसमेत हुन् । साउन १८ गते बसेको कार्यपालिका बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

नगरप्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षमा बसेको बैठकले नेउपानेलाई नगर प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो । नेउपाने वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।