समाज

बिर्तामोडबाट १३ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

By admin

September 28, 2022

बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित पाथिभरा टोलबाट प्रतिबन्धित लागूऔषधसहित ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाईलो पदार्थ १३ ग्रामसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेमा इलाम माई नगरपालिका २ बस्ने २२ वर्षीय केबिन्द्र गोले, सोही स्थानका २७ वर्षीय गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ बस्ने ३२ वर्षीय सन्त लिम्बू रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।