अर्जुनधारा । एमाले नेता हरिकुमार रानाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी अर्जुनधारा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।
२०३९/०४० सालदेखि पार्टीमा आवद्ध भएका रानाले हिजो (असोज २२ गते) शनिबारको मितिबाट नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । हाल प्रदेश कमिटी सदस्य रहेका रानाले अस्वस्थ्यका कारण पार्टी त्याग गरेको न्यूज सञ्जालसँगको फोन सम्पर्कमा बताए ।
‘पार्टी त्यागेर स्वतन्त्ररुपमा बस्न चाहेँ’, उनले भने । अबको बाँकी राजनीतिक यात्राका बारेमा उनले केही खुलाएनन् । यसअघि शनिश्चरे गाविसको २ पटक अध्यक्ष र एक पटक अर्जुनधारा नगरपालिकाका प्रमुख भइसकेका राना यस क्षेत्रका निष्ठावान नेताका रुपमा परिचित छन् ।