अर्थ बजार

अलैँचीको मूल्य खस्किएपछि तेह्रथुमका कृषक चिन्तित

By admin

October 10, 2022

तेह्रथुम । तेह्रथुमका कृषकलाई यतिबेला अलैँची भित्र्याउन भ्याइ नभ्याइ छ । तर, निरन्तर मूल्यमा गिरावट आएकाले कृषकले सोचेजस्तो आम्दानी भने लिन सकेका छैनन् ।

 

केही वर्षअघि राम्रो मूल्य पाउन थालेपछि खेतीयोग्य जमिन मासेर अलैँची खेती गर्दै आएका कृषक व्यापारीकै मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । सरकारले अलैँचीको निश्चित बजार र मूल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै आएको कृषक टिकाराज लिम्बूको भनाइ छ ।

 

दशैँ खर्चका लागि भए पनि सस्तो मूल्यमा अलैँची बिक्री गर्न बाध्य भएको छथर गाउँपालिका ६ सुदापका जगेन्द्र लिम्बुले बताए ।

 

तेह्रथुमको ग्रामीण क्षेत्रमा किसानको मुख्य आम्दानीको श्रोत नै अलैँची खेती बन्दै आएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी गर्न सकिने भएकाले अलैँचीप्रति कृषकको आकषर्ण बढेको हो ।

 

स्थानीय बजारमा अहिले अलैँची प्रतिमन २४ हजार रुपैयाँदेखि २८ हजार रुपैयाँ मूल्यमा बिक्री हुँदै आएको छ । तेह्रथुमका किसानले ५ रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् ।

 

जिल्लाको ईवा, ह्वाकु, सक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनामफुलेक दाँगपा, बसन्तपुर सुदाप, आङदिमहमरजुङ लगायतका स्थानमा अलैँची खेती हुँदै आएको छ । इमेज खबरबाट