अर्जुनधारा । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले झापा क्षेत्र नं. २ को लागि विकास र जनभावना बुझ्ने साझा उम्मेद्वार लिएर आएको बताएका छन् ।
चुनाव प्रचार अभियानअन्तर्गत सोमबार अर्जुनधाराको सिस्नेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. २ को जनताको मर्म र गर्नुपर्ने विकास गठबन्धनका उम्मेद्वार हरिकुमार रानाले बुझेको हुँदा यस क्षेत्रको समग्र विकासका लागि हरिकुमार रानालाई सहयोग गर्नुपर्ने बताए ।
मुलुकमा समग्र नेपालीको विकास र उन्नतिका लागि लोकतन्त्रलाई स्थायित्व र संविधानलाई पूर्णताबाट नै जनताको विकास हुने भएकाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक बाम एकता आवश्यक भएको उनको दाबी थियो । सभापति थापाले व्यंग्यात्मक शैलीमा एमालेलाई संकेत गर्दै भने, ‘पटक–पटक विजय हासिल गरेपछि क्षेत्र नं. २ का जनताले के पाए ?’
कार्यक्रममा बोल्दै उनले अब हामी त्यसो हुन दिँदैनौं स्थानीय क्षेत्रलाई पहिचान गरेका, दुःख–सुख जनताको घरदैलो बसेर काम गरेका, पटक-पटक जनप्रतिनिधिहुँदै जनताको विश्वास लिएकाजस्ता व्यक्ति प्रतिनिधि सभामा पुर्याउँदा समग्र २ नं. क्षेत्रबासीकै जीतका लागि हरिकुमार राना एकमात्र बलियो पात्र भएको गठबन्धनको ठहर छ ।
चुनावी सभामा प्रतिनिधि सभाका उम्मेद्वार हरिकुमार राना, क्षेत्र नं. २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेद्वार खगेन्द्र मैनाली, नेपाली कांग्रेसका नेता सुधिर शिवाकोटी, माननीय सरीता प्रसाईं, पम्फा विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सल्लाहकार मानकुमार तामाङ लगायतको आतिथ्य रहेको थियो ।