अर्थ बजार

निगम नाफामा तर पेट्रोलियम पदार्थको मूल्य यथावत

By admin

November 03, 2022

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।

 

निगमका अनुसार पेट्रोलमा रु ०.६१ प्रतिलिटर, डिजेलमा रु ५.७६ प्रतिलिटर, मट्टितेलमा रु ४.०१ प्रतिलिटर, हवाई इन्धनमा रु ४.७७ प्रति लिटरले बढेर आएको छ । एलपी ग्यासमा केही घटेर आएको भएता पनि निगमलाई हाल डिजेलमा रु १२.१४ प्रतिलिटर घाटा रहेको छ भने ग्यासमा रु २२८.८४ प्रति सिलिण्डर घाटा छ ।

 

पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यद्यपि निगमले इण्डियन आयल कर्पोरेसन र नेपाल सरकारलाई रु २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ ।