राजनीति

झापा २ मा एमालेको अग्रता कायमै

By admin

November 21, 2022

शनिश्चरे । प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गतको मंसिर ४ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर २ को मतगणना अर्जुनधारा नगरपालिकाको सभाहलमा जारी छ । अहिलेसम्म ३ हजार ८ सय ७७ मतगणना सकेर परिणाम सार्वजनिक गरिएको छ । जसमध्ये २४५ मत बदर भएकोे छ ।

 

पहिलो चरणमा अर्जुनधारा नगपालिकाकै ११ नम्बर वडाको महारानीगञ्ज मावि मतदान केन्द्रबाट सुरु गरिएको हो । मतपरिणामअनुसार ३ हजार ८ सय ७७ मतमध्ये नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरेले १ हजार ४ सय ३६ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

 

प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेद्वार हरिकुमार राना र स्वतन्त्र उम्मेद्वार स्वागत नेपालको मतअन्तर ४२ रहेको छ । गठबन्धनका रानाले ८ सय ४८ मत ल्याउँदा स्वतन्त्र उम्मेद्वार नेपालले ८ सय ६ मत प्राप्त गरेका छन् ।

 

बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणनाका लागि प्रक्रिया शुरु गरिएको थियो । सर्वदलीय बैठक सकेर गणना शुरु गरिएको जनाइएको छ । अर्जुनधारा ११ को महारानीगञ्ज मावि मतदान केन्द्रको मतपेटिकाबाट गन्न थालिएको हो । यस क्षेत्रमा एमालेका देवराज घिमिरे, गठबन्धनका हरि राना, स्वतन्त्र उम्मेदवार स्वागत नेपालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।