राजनीति

झापा ५ मा ओलीलाई ३५ सयको अग्रता

By admin

November 22, 2022

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष केपी ओली ३ हजार ५ सयभन्दा बढी मतले अगाडि छन् ।

 

१८ हजार ३४८ मत गणना हुँदा ओलीले ८ हजार ९७८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ५ हजार ४४८ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

यस क्षेत्रको मतदाता संख्या १ लाख ५४ हजार २८९ रहेको छ । अहिलेसम्म १ हजार ११८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।