राजनीति

झापा २ मा एमालेका घिमिरे अगाडि, गठबन्धन तेस्रो स्थानमा

By admin

November 22, 2022

झापा । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ जारी मतगणनामा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरेले अग्रस्थानमा मत ल्याइरहेका छन् । स्वतन्त्रका उम्मेद्वारले पछ्याइरहेका छन् भने गठबन्धनको मत तेस्रो स्थानमा छ ।

 

अहिलेसम्म २१ हजार २६२ मतगणना हुँदा १ हजार २७४ मत बदर भएको छ । जसमा एमाले उम्मेद्वार घिमिरेले ७ हजार ३२८ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई टक्कर दिइरहेका स्वतन्त्र उम्मेद्वार स्वागत नेपालले ६ हजार २०६ मत ल्याएका छन् ।

 

यस्तै, गठबन्धनका साझा उम्मेद्वार हरिकुमार रानाले ३ हजार ५९५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १ हजार ९७५ मत ल्याएका छन् ।