झापा । झापा क्षेत्र नं १ मा ३१ हजार ९४८ मत गणना हुँदा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्माले ५ हजार ८५१ मतान्तरले अग्रता कायम गरेका छन् । पछिल्लो मतगणनाअनुसार शर्माले १५ हजार ९४० मत प्राप्त गरेका छन् भने उनका प्रस्पिर्धी एमालेका उम्मेद्वार अग्निप्रसाद खरेलले १० हजार ८९ मतमात्र ल्याएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले ३ हजार ७५ मत प्राप्त गरेका छन् । ३१ हजार ९४८ मत गणना गर्दा १ हजार ६७८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी क्षेत्र नं १ प्रदेश (२) का प्रदेशसभा सदस्य पदका गठबन्धनतर्फका उम्मेद्वार श्यामवीर लिम्बूले ४ हजार ७२० मत प्राप्त गर्दा राप्रपाका तर्फका उम्मेद्वार सबिना बजगाईले ४ हजार ९२० मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन् । १२ हजार ३६४ मत गणना हुँदा ६०७ मत बदर भएको थियो ।
क्षेत्र नं १ प्रदेश (१) का प्रदेशसभा सदस्य पदका गठबन्धनतर्फका उम्मेद्वार गोपाल तामाङले ७ हजार ८३५ मत प्राप्त गर्दा एमालेका तर्फका उम्मेद्वार रबिन कोइरालाले ६ हजार ७७१ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । १७ हजार ३०८ मत गणना हुँदा ९४४ मत बदर भएको थियो ।