राजनीति

इलाममा खनाल र नेम्वाङ नै पछाडि !

By admin

November 22, 2022

इलाम । इलामका प्रतिनिधिसभातर्फ दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका शीर्ष नेताहरू पछाडि परेका छन् । इलाम १ मा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल एमाले उम्मेदवार महेश बस्नेत र इलाम २ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ कांग्रेसका डम्बर खड्कासँग पछाडि देखिएका हुन् ।

 

पछिल्लो परिणामअनुसार इलाम १ मा बस्नेतले ९ हजार १ सय ५ मत ल्याएर अग्रता बढाएका छन् । खनालले ७ हजार ७ सय ७२ मत पाएका छन् । इलाम २ मा कांग्रेसका डम्बरबहादुर खड्काले ३ हजार ७ सय ५६ मत ल्याएका छन् । एमाले उम्मेदवार नेम्वाङले ३ हजार ४ सय ५५ मत ल्याएर पछ्याइरहेका छन् ।

 

जिल्लाभर ५२ दलशमलव ९३ प्रतिशत मत खसेको हो । इलाममा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन् ।

 

 

प्रतिनिधिसभाका लागि इलाम १ मा ११ र इलाम २ मा १४ उम्मेदवार छन् । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (१) मा ८, १ (२) मा ६ जना उम्मेदवार छन् । त्यस्तै २ (१) मा ७ जना र २ (२) १ स्वतन्त्र सहित ८ जना उम्मेदवार छन् । इकान्तिपुरबाट