राजनीति

झापा २ मा एमालेका घिमिरेलाई १४७१ को अग्रता

By admin

November 23, 2022

झापा । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभातर्फ नेकपा एमालेका उम्मेद्वारको सेट नै अगाडि रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ एमालेका देवराज घिमिरेलाई १ हजार ४७१ मतको अग्रता मिलेको छ ।

 

आज बिहान ७ः२० बजेको मत परिणामअनुसार घिमिरेले १८ हजार ४१० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार स्वागत नेपालले १६ हजार ९३९ मत पाएर पट्याइरहेका छन् । तेस्रो स्थानमा गठबन्धनका साझा उम्मेद्वार हरिकुमार राना छन् । उनले ९ हजार ५६२ मत पाएका छन् ।

 

यसैगरी, प्रदेशसभातर्फ झापा २ (२) मा चिन्तन पाठक र २ (१) मा एकराज कार्की पनि अगाडि छन् । कार्कीले फराकिलो अग्रता बनाएका छन् । उनले १४ हजार ९९८ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ५ हजार १४४ मत ल्याएका छन् । यी दुईबीच ९ हजार ८५४ मतको अन्तर रहेको छ । तेस्रो स्थानमा हाम्रो नेपाल पार्टीका भक्तबहादुर भुजेलले २ हजार ७४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

 

त्यसैगरी २ (२) मा एमालेका चिन्तन पाठकले १५ हजार २८ मत ल्याएर अघि छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र मैनालीले १२ हजार १५३ मत लयाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेद्वार अनिरुद्र तिम्सिनाले २ हजार १२५ मत ल्याएका छन् ।