राजनीति

झापा १ मा विश्वप्रकाश शर्मा बिजयी

By admin

November 23, 2022

मेचीनगर । झापा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

 

बुधबार सकिएको मतगणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा सांसद चुनिएका हुन् ।

 

शर्माले ३९ हजार ६२४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत पाएका छन् । निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले घोषणा गर्नेछ । शर्मा २०७० सालमा रविन कोइराला र २०७४ सालको चुनावमा राम कार्कीसँग यही क्षेत्रबाट पराजित भएका थिए ।