राजनीति

राप्रपाकी सबिना झापा १ को (२) प्रदेशसभामा विजयी

By admin

November 23, 2022

मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सबिना बजगाई निर्वाचित भएकी छन् ।

 

बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामवीर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई प्रदेश सांसद बनेकी हुन् ।

 

महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्षसमेत रहेकी बजगाईले १३ हजार ६१२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लिम्बूले १२ हजार २२४ मत पाएका छन् ।

 

निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले विजेता तथा अन्य उम्मेद्वारको मत परिणाम घोषणा गर्ने जनाएको छ ।