राजनीति

फेरि रोकियो इलाम २ को मत गणना

By admin

November 26, 2022

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना भइरहँदा रोकिएको छ । निर्वाचत अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका छन् ।

 

गणना गर्न बाँकी रहेको १ हजार ९ सय ९२ मत गणनाका क्रममा विवाद भएको थियो । पछिल्लो गणनाअनुसार सुवास नेम्बाङ १ सय ३० मतले मात्रै अगाडि छन् । विभिन्न कारणबाट यस क्षेत्रकाे मत गणना राेकिँदै, सुचारू हुँदै आएको छ ।