अन्तराष्ट्रिय

विश्वकपको फाइनलमा अर्जेन्टिनालाई अग्रता

By admin

December 18, 2022

झापा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ। लुसिल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।

 

खेलको २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

 

यस्तै खेलको ३६औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका हुन् । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

 

यसैबीच, क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।

 

मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ । रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए ।

 

खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए ।

 

सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।