अर्थ बजार

कृषि समूहलाई १० लाखको कृषि सामग्री अनुदान

By admin

January 14, 2023

बुधबारे । बुद्धशान्ति १ स्थित जागरणा कृषि समूहलाई १० लाखबराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर १ कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान १ पांग्रे ठेला गरी १० लाख बराबरको कृषि सामग्री एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

 

कृषि समूहका अध्यक्ष शिवबहादुर गिरीको अध्यक्षता, प्रदेश नं. १ का निवर्तमान कृषि मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, स्थानीय समाजसेवी खड्ग तिम्सिना, रोशन तिम्सिना, दधिराम रिमाल, सरोज घिमिरेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव केशव पुरीले गरेका थिए ।

 

यसअघि पनि निवर्तमान कृषि मन्त्री झलकसिंह दर्लामीकै विशेष पहलमा बुद्धशान्तिका विभिन्न क्षेत्रहरुमा लाखौँका कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।