खेलकुद

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा शनिश्चरे माविलाई ११ स्वर्ण

By admin

February 20, 2023

शनिश्चरे । अर्जुनधारा नगरपालिकामा १३औँ राष्ट्रपति रनिङ शिल्ड नगरस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नगरका २३ वटा माध्यमिक विद्यालय सहभागी प्रतियाेगितामा शनिश्चरे मावि प्रथम भएकाे छ ।

 

९ वटा सामुदायिक र १४ वटा संस्थागत माध्यमिक विद्यालयहरु सहभागी प्रतियोगितामा शनिश्चरे मावि ११ स्वर्ण पदकसहित प्रथम भएकाे हाे । यसैगरी, जनता मावि खुदुनाबारी ८ स्वर्णसहित दोस्रो र सिंहदेवी मावि सिस्ने ६ स्वर्णसहित तेस्रो भयाे ।

 

अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदान र शनिश्चरे माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा विजयी खेलाडीहरुलाई शनिश्चरे माविमा आयोजित एक समारोहका बीच नगरपालिकाका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीले पदक, प्रमाणपत्र र विजयी विद्यालयलाई ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताको उद्घाटन बुधबार नगर प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए ।

 

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडी तथा टिमले अब जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । जिल्लास्तरीय प्रतियोगिता यही फागुन १२, १३, १४ गते कन्काइ मावि सुरुङ्गाको खेल मैदानमा सञ्चालन हुनेछ ।