समाज

पोखरीमा डुबेर भद्रपुरमा एक जनाको मृत्यु

By admin

March 13, 2023

भद्रपुर । झापाको भद्रपुर नगरपालिका ३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ का ४० वर्षीय रामकुमार लिम्बू रहेका छन् ।

 

आइतबार दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय मानिस र ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बूलाई मृत अवस्थामा फेला पारेका थिए ।

 

मृत अवस्थामा फेला परेका लिम्बूको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।