स्वास्थ्य

जोडिएको आन्द्रा र ट्युमरको बिर्तासिटीमा सफल उपचार

By admin

April 07, 2023

बिर्तामोड । धरान ११ निवासी ४३ वर्षीया हेमा सुनारको ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालिएको छ । बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा प्रोफेसर डा अजय अग्रवालको टिमले उनको ट्युमर निकालेका हुन् ।

 

‘हामीले उपचार गरेको महिलाको पाठेघरको बहिरी भाग सुन्निएको र ट्युमर पलाएकाले पाठेघर नै फाल्नुपर्ने अवस्था थियो’, डा अग्रवालले भने, ‘सानो आन्द्रा समेत जोडिँदा पाठेघर फाल्न सहज थिएन तर दुरविनको माध्यमबाट पेट नचिरिकन सानो–सानो प्वाल बनाएर सर्जरी गर्दै सहजरुपमा उनको उपचार गरेका हौं ।’

 

पछिल्लो समय ओपन सर्जरीको सट्टा ‘ल्याप्रोस्कोपिक सर्जरी’ लोकप्रिय बन्दै गएको डा अग्रवालले सुनाए । ‘हामीले ओपन सर्जरी भन्दा सहज र सरल तरिकाले हेमाको उपचार सम्भव गरेका हौं । अन्य अस्पतालले पाठेघर नै फाल्नु पर्छ भनेका रहेछन् तर हामीले पाठेघर नफाली ट्युमर मात्रै निकाले र फालेका छौं’, डा अग्रवालले भने ।

 

जटिल शल्यक्रिया भए पनि उनको टाँसिएको सानो आन्द्रालाई समेत छुट्याएर सहज र सफल उपचार गरेको उनको भनाइ छ । ल्याप्रोस्कोपिक सर्जरीमार्फत पाठेघरको ट्युमर निकालिएको भन्दै हेमाले खुशी व्यक्त गरेकी छिन् । ‘धरानमा भन्दा सहज र सजिलै छिटो मेरो उपचार भयो उनले भनिन्, शुरुमा पत्यार लागेको थिएन म पनि साथीमार्फत यहाँ उपचारका लागि आएकी थिए तर यहाँ गर्ने व्यवहार र उपचारले प्रभावित भएँ ।’

 

 

 

बसाइ हङकङ भए पनि केही समयअघि नेपाल आएको र उपचारका लागि काठमाडौंका दुई वटा अस्पताल (मेडिसिटी, अल्का) मा देखाउँदा पाठेघर नै फाल्नुपर्छ भनेकाले उपचार गर्न आँट नआएको उनले सुनाइन् । उनले भनिन्, ‘तर, बिर्तासिटी अस्पतालमा ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत सहजै उपचार पाएँ म ज्यादै खुशी छु ।’

 

डा अग्रवालले यो प्रविधिबाट सुनारको मात्र होइन धेरैको सफल उपचार गरेका छन् । उनले पाठेघरको ट्युमरसहित प्रसूति र निःसन्तान दम्पत्तिको समेत उपचार गर्दै आएका छन् । पछिल्लो एक वर्षदेखि उनले बिर्तासिटी अस्पतालमा ओपीडीसहित ६ हजारभन्दा धेरैको उपचार गरेको अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिए ।

 

अस्पतालका कार्यकारी निर्देशक आनन्द बस्नेतले सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन लागिपरेको बताएका छन् । उनले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवालाई समेत थप स्तरोन्नति गर्दै लगेको र आम नागरिकलाई सुलभरुपमा सेवा उपलब्ध गराउदै आएको बताए । निर्देशक बस्नेतले अस्पतालमा स्वास्थ्य विमासमेत लागू गर्ने बताएका छन् ।

 

अस्पतालका स्वास्थ्य निर्देशक डा अनिलकुमार बस्नेत अस्पतालले सेवा प्रवाह कुनै कुरा बाँकी नराखेको बताउँछन् । उनले सबै उपचार एकै ठाउँमा गर्ने व्यवस्थाको तयारी भइरहेको बताए । उनले भने, ‘हामीले सेवालाई थप प्रभावकारी बनाउँदै लगेका छौं, अब सबैखाले उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्छौ ।’