राजनीति

दमकको जीवन विकास लघुवित्तमा विप्लव नेकपाको ताला

By admin

June 26, 2023

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले झापाको दमक ८ मा रहेको जीवन विकास लघुवित्तको शाखा कार्यालयमा तालाबन्दी गरेको छ।

 

आइतबार दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानरसहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको हो । त्यस्तै संस्थाको बोर्ड तोडफोड र आगजनी गरिएको छ।

 

यसअघि जीवन विकास संस्थाले स्थानीय स्तरमा ऋणीहरुलाई धम्क्याएको, चरम शोषण गरेको, चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको र पटकपटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकिएकोले तालाबन्दी गरिएको इन्चार्ज पुकार सी ले बताएका छन् ।

 

उक्त संस्थाले कयौं महिलाहरुलाई आत्महत्या गर्ने स्थितिमा पु¥याएको, समाजमा गुन्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने युवा संगठनले चेतावनी दिएको छ।

 

यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजीको आरोपमा हिजो बिर्तामोडस्थित बुधबारे हटियाका नवराज विमलीको घर कब्जामा लिएको जनाएको थियो ।